बुधबार, असार ११, २०८२

९० दिनभित्र अनुसन्धान गरी रिपोर्ट पेस गर्न गुप्तचरलाई ह्वाइट हाउसको निर्देशन

नेपालखोज २०७८ जेठ १३ गते २०:०८

काठमाडौं । कोरोना भाइरसको उत्पत्तिलाई लिएर दुई शक्तिशाली देश अमेरिका र चीनबीच पुनः आरोप प्रत्यारोप सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई ९० दिनभित्र कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गरि रिपोर्ट पेस गर्न निर्देशन दिएका हुन् ।

अमेरिकाले सुरुवातदेखि नै चीनमाथी आशंका प्रकट गर्दै आएपनि चीनले उक्त आरोपको खण्डन गर्दै आएको छ । अमेरिकाको एक सञ्चारमाध्यमले अमेरिकी गुप्तचर निकायको एक रिपोर्टलाई उद्धृत गर्दै यसअघि नै नोभेम्बरमा ऊहान प्रयोगशालाका तीन सदस्यलाई कोभिडजस्तो लक्षण देखिएको बताएपछि अमेरिका थप अनुसन्धानमा जुटेको छ ।

बाइडेनले गुप्तचर निकाय दुई सम्भावनाको नजिक पुगेको भएपनि ठोस् नतिजामा पुग्न नसकेको बताउँदै अनुसन्धान जारी राख्न भनेका छन् । कोभिड–१९ को सबैभन्दा पहिलो केस २०१९ को डिसेम्बरमा चीनको वहान शहरमा दर्ता गरिएको थियो । तर अमेरिकी सञ्चारमाध्यममा प्रकाशित खबरमा बताइएअनुसार वहान प्रयोगशालाबाट भाइरस लिक भएको चर्चालाई चीनले पूर्णरुपमा झुटो बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले यो भाइरस अमेरिकाबाट फैलिएको पनि हुनसक्छ र यसका लागि अमेरिकाले आफ्नो देशमा पनि अनुसन्धान गराउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया