बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने

काठमाडौं । बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने भएको छ । बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहमत भएका हुन् ।
बिहीबार वागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
उनले भने – ‘संसद अधिवेशन चल्दैछ । त्यो अधिवेशन चलाउनको निमित्त कस्तो खालको तयारी गर्ने भनेर सर्वदलीय बैठकको आयोजना गरेको हो । सर्वदलीय बैठकले हाउस कसरी चलाउने, कोभिड – १९ को प्रकोप धेरै छ । कोभिड – १९ को बिचमा हाउस चलाउनुपर्ने बाध्यता हाम्रो छ । त्यसैले यसलाई कसरी सहज गर्ने र साथीहरुका बिचमा केही त्यस्ता छन् भने ति सबै कुरामा छलफल गरियो र सहज ढंगले १६ गतेदेखि हाउस चलाउने कुरामा हाम्रो आम सहमती भयो ।’
बैठकमा प्रदेश सभाको अधिवेशनलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया