आइतबार, असार २२, २०८२

सुनकाे मूल्य घट्याे, चाँदीकाे कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ जेठ १४ गते ११:१९

काठमाडौं । नेपाली बजारमा आज सुन चार सय रुपैयाँले घटेको छ । सुन आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया