ओलीले भने- कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, फिर्ता ल्याउँछाैं (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतँंग गम्भीरताका साथ कुराकानी भईरहेको बताउका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँंग अन्र्तरक्रिया गर्दै उनले वर्षौ देखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका छन् ।
उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसूचिमा पनि राखिसकेको उल्लेख गर्दे ती भुवाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भईरहेको बताए ।
छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने भन्दै भारतसँग नेपालको मित्रतापूर्ण सम्बन्ध भएको पनि विश्वास तुल्याए ।
उनले कतिपयले आफूलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पत यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् भनी प्रश्न गरे ।

प्रतिक्रिया