स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

नेपालखोज २०७८ जेठ १४ गते १५:१०

काठमाडौं । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने माथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने बताएको हो ।

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरिसकेको छ । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया