आइतबार, असार २२, २०८२

अर्थमन्त्री पौडेलद्वारा चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक

नेपालखोज २०७८ जेठ १४ गते १५:३२

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । मन्त्रालयमा आयोजित एक समारोहमा उनले आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

उनले चालू आर्थिक वर्षको वृद्धिदर भेटाउन मुस्किल पर्ने जनाएका छन् । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो आर्थिक वर्षमा ऋणत्मक रहेको नेपालको आर्थिक वृद्धिदर कोरोना कारण यसपाली भेटाउन समेत मुस्किल पर्ने जनाएका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ मा पछिल्लो दुई दशकयताकै कम २ दशमलव १२ प्रतिशतले ऋणत्मक रहेको अबस्थामा अहिलेको लक्ष्य रहेको ४ दशमलव ०१ प्रतिशत समेत भेटाउन चुनौतीपूर्ण रहेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

स्वास्थ्य संकटको अबस्थामा सुधार हुने अपेक्षासहित आर्थिक वृद्धिदर ४ दशमलव ०१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको भएपनि वृद्धिदर भेट्टाउन मुस्किल बनेको हो ।

कोरोनाका कारण पीसीआर परीक्षण र निःशुल्क उपचार गरिएको उनले जानकारी दिए । धानको उत्पादन १ दशमलव ३ प्रतिशतले बढेको छ । राष्ट्रिय जिडिपी ४२ खर्ब ६६ अर्ब ३२ अर्ब रहेकोमा वाग्मती प्रदेशको बढि र कर्णालीप्रदेशको सबैभन्दा कम रहेको छ ।

चालू आर्थिक वर्षमा १८ दशमलव १ प्रतिशतले बढेर १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान सार्वजनिक गरेको हो । ५ दशमलव ८ प्रतिशले बढेर १ हजार १ सय ९१ अमेरीकी डलर पुगेको अनुमान मन्त्रालयले सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ३ दशमलव ५ प्रतिशतले मुल्यवृद्धि भएको जनाइएको छ । तर अघिल्लो वर्ष भने ६ दशमलव ५ प्रतिशत मूल्यवृद्धि रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट घाटा ६५ दशमलव ५ प्रतिशतले बढेर २९ अर्ब १६ करोड पुगेको छ । चालू आर्थिक वर्षको फागनुसम्म ५ खर्ब १ अर्ब ९७ करोड राजश्व संकलन भएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सरकारी खर्च ६ दशमलव ४ घटेर ५ खर्ब ७१ अर्ब ७७ करोड पुगेको छ । त्यस्तै नेपालले तिर्न बाँकी ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । कूल जीडीपीको ३७ दशमलव ३ प्रतिशत ऋण रहेको तथ्याङ्क सार्वजनिक गर्दै अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आन्तरिक ऋण मात्रै १ खर्ब १२ अर्ब ५२ करोड तिर्न बाँकी रहेको जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आयत २ प्रतिशतको हाराहारीमा बढेर गत फागुनसम्म ९ खर्ब ४३ अर्ब ९९ करोड बराबरको आयात भएको छ भने निर्यात भने ८० अर्ब ७८ करोडको मात्रै भएको छ । झण्डै साढे ८ खर्ब रुपैया व्यापारघाटा भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

६८ अर्ब सोधनान्तर बचत रहेकोमा चालु खाता भने १ अर्ब ४८ अर्ब ६८ अर्बले घाटामा रहेको मन्त्रालयले सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षमा ७ अर्ब ४८ विदेशी अनुदान र ८५ अर्ब २ करोड ९१ अर्ब ५० करोड विकास सहायता परिचालन भएको छ । मन्त्रालयका अनुसार ५० अर्ब ३८ करोड र अनुदान र ९ अर्ब ७१ करोड गरी ६० अर्ब ९ करोड ऋण प्रयोग भएको जनाएको छ ।

मन्त्रालयका चालू आर्थिक वर्षमा ६४ अर्ब १९ करोढ बराबरको विदेशी लगानी स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ । बैक तथा वित्तिय संस्थामा चालू आर्थिक वर्षमा ४२ खर्ब ६० अर्ब ४७ करोड निक्षेप संकलन भएकोमा ३८ खर्ब ४६ अर्ब ३१ करोड कर्जा प्रवाह भएको अर्थ मन्त्रालयले जनाएको छ । फागुनसम्म १४ खर्ब ३६ अर्ब ५४ करोड सञ्चिति रहेको जनाइएको छ ।

उक्त कार्यक्रमका अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पकडेल , नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थ सचिवशिशिर कुमार ढुड्गाना,राजस्व सचिव रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया