सरकारले भन्यो – स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइदिनुस्

नेपालखोज २०७८ जेठ १४ गते १५:२८

काठमाडौं । स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाईदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले बिहीबार राति भेरी अस्पतालमा भएको घटनाप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले शुत्रबार एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि भएको आक्रमणप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन् ।

कोरोना महामारीमा आफ्नो पेशागत धर्ममा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै सांघातिक हमला हुने खालका क्रियाकलाप हुनु लज्जास्पद भएको स्वास्थ्य मन्त्रालयको ठहर छ ।

प्रतिक्रिया