बिहीबार, चैत १५, २०८०

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा ४९ लाख रुपैयाँ सहयोग

नेपालखोज २०७८ जेठ १४ गते १७:४२


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ४९ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायीत्व कोष अन्तर्गत कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सात वटै प्रदेशका अस्पताल, आइसोलेसन केन्द्रहरुलाई सहयोग स्वरुप ४९ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर)को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई सात लाखका दरले जम्मा ४९ लाख रुपैयाँँ सहयोग गरेको हो ।

उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा विभिन्न संघ(संस्थालाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड १९ को संक्रमण बाट उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारको तिनै तहका सरकारहरु बाट सोको रोकथाम, नियन्त्रण र उपचारमा संम्लग्हरूलाई हार्दिक सराहना गर्दै उनीहरूसँग हातेमालो गर्ने निर्णयस्वरूप सहयोग रकम प्रदान गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया