पिजि परीक्षाबारे छिटो निर्णय लिन शिक्षा आयोगका उपाध्यक्षलाई नेता थापाको आग्रह

नेपालखोज २०७८ जेठ १४ गते १९:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एक अर्को पहल गरेका छन् । उनले पिजिको परीक्षाबारे छिटो निर्णय लिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीसंग आग्रह गरेका छन् ।

अहिले कोरोना संक्रमणका कारण पिजि परीक्षा हुन नसक्दा परीक्षाको तयारी गरिरहेका ५ हजार भन्दा बढी विद्यार्थी अलमलमा परेका छन् ।

नेता थापाले उक्त विषयमा छिटो निर्णय गर्न र परीक्षाको मिति तोक्दा कम्तीमा ४५ दिन तयारी समय राखेर परीक्षा तोक्न आग्रह गरेका छन् । यसले अहिले तयारीका लागि बसेका हजारौं चिकित्सकलाई ढुक्क भएर कोरोना महामारीविरुद्धको लडाइमा लाग्न सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया