सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
नेपालखोज
२०७८ जेठ १४ गते १९:४९

कैलाली । सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आजै शपथ ग्रहण गराइएको छ ।
सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले शपथ ग्रहण गरेका हुन् ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई एमाले संसदीय दलले फिर्ता बोलाएको थियो । चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउँदले राज्यमन्त्रीमा शपथ ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका प्रकाश शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सम्बन्धित

प्रतिक्रिया