राष्ट्रपति र प्रधानमन्त्रीकै कारण देशले दुश्परिणाम भोगिरहेको छ : देउवा
नेपालखोज
२०७८ जेठ १५ गते ७:४८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको गलत संस्कार र व्यवहारका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्वकर्ताको संस्कार र व्यवहारमा निर्भर रहने बताउँदै अहिले राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार गलत भएकाले देशले दुष्परिणाम भोग्नुपरेको आरोप लगाएका छन् ।
त्यसैगरी उनले कोभिड-१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बेला सरकार जनताको जीवनप्रति उदासिन र संवेदनहीन देखिएको आरोप पनि लगाएका छन्।
हेनुहोस् विज्ञप्ति

सम्बन्धित

प्रतिक्रिया