शुक्रबार, वैशाख १४, २०८१

तीन महिना एकीकरणको अभियान संचालन गर्ने ओलीको घोषणा

नेपालखोज २०७८ मंसिर १४ गते २०:४६

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले अवको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गरेका छन् ।

चितवनको सौराहामा जारी पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको समापन गर्दै उनले पार्टीमा अनुशासन उलंघन सैह्य नहुने भन्दै त्यसै अनुसार काम गर्न पार्टीका अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले भने, ‘अव तीन महिनासम्म पार्टीले एकीकरणको अभियान संचालन गर्नेछ । त्यो अभियान पार्टीका कार्यकर्ताहरुबीच हुनेछ । अरु पार्टीका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउन सो अभियान संचालन हुनेछ ।’

अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई अहंकार नदेखाउन पनि आग्रह गरे । उनले नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुलाई जनताको सेवक बन्न र राष्ट्रको हितमा समर्पित भएर लाग्न सचेत गराए । अध्यक्ष ओलीले यही मंसिर २५ र २६ गते केन्द्रिय कमिटीको बैठक बोलाउने र पार्टी पोलिटव्यूरो तथा स्थायी कमिटी गठन गर्ने जानकारी पनि गराए ।

प्रतिक्रिया