विश्वका चार प्रभावशाली देशका नेताहरुबीच हरित वृद्धीबारे छलफल हुँदै
नेपालखोज
२०७८ जेठ १५ गते ८:३२

काठमाडौं । विश्वमा हरित वृद्धी र वातावरण अनुकूल व्यवहारबारे विश्वका चार प्रभावशाली देशका नेताहरुबीच सम्मेलन हुने भएको छ ।
दक्षिण कोरियाले आयोजना गर्न लागेको अनलाइन सम्मेलनमा जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने समाचारसंस्था एएनआइले जनाएको छ ।
यस्तै अमेरिका र चीनकातर्फबाट सम्बन्धित राष्ट्रपतिका जलवायु तथा वातावरण सम्बन्धी प्रतिनिधिहरु सहभागी हुनेछन् । आइतवार र सोमवार हुने सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसँगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ ।
जलवायु परिवर्तनका असरसँगै कोरोना महामारी र विश्वव्यापी कृत्रिम अक्सिजन माग बढिरहेका बेला यो सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया