गणतन्त्रका मूल्य-मान्यतामाथि निरन्तर प्रहार गर्नेविरुद्ध संघर्ष गरौँ : प्रचण्ड

नेपालखोज २०७८ जेठ १५ गते ९:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले विरोधीहरूबाट गणतन्त्रका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।

१४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले यस्ता तत्वविरुद्ध एकतावद्ध संघर्ष निम्ति आग्रह गरेका छन् ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको प्रचण्डले लेखेका छन्।

साथै उनले कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन्।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया