गणतन्त्र दिवशमा प्रधानमन्त्री ओलीको सम्बोधन : निर्वाचनले नै लोकतन्त्र बलियो हुन्छ
नेपालखोज
२०७८ जेठ १५ गते ९:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनले नै लोकतन्त्र बलियो हुनेमा जोड दिएका छन् ।
गणतन्त्र दिवशका अवसरमा आयोजित मुल समारोहमा बोल्दै उनले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो पनि गरे । ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’ उनले भनेका छन् ।
निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने प्रधानमत्री ओलीको तर्क छ ।
सरकारले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया