राप्रपाको ३१ औँ स्थापना दिवस : अध्यक्ष डा. लोहनीद्धारा ८ बुँदामा शुभकामना

नेपालखोज २०७८ जेठ १५ गते ११:५६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको ३१ औँ स्थापना दिवसका अवसरमा ८ बुँदामा शुभकामना सन्देश जारी गरेका छन् ।

हेनुहोस् उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका ८ बुँदा

देश, विदेशमा रहनु भएका आदरणिय राप्रपाका सवै साथिहरु

१) आज हाम्रो गौरवशाली पार्टीको ३१औँ स्थापना दिवस हो । यो शुभ दिनको उपलक्ष्यमा पार्टीका कार्यकर्ता, लाखौ शुभचिन्तक ,सहयोगी तथा देश, विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक राष्ट्रवादी अभिवादन गर्दछु । साथै हाम्रो पार्टी स्थापनामा सक्रिय रहेर दिवंगत भएका सवै नेता तथा कार्यकर्ताहरुमा श्रद्धाञ्जली अर्पण गर्दछु ।

२) राप्रपा नेपाली माटोमा जन्मिएको र हुर्किएको राष्ट्रवादी–प्रजातन्त्रवादी–उदारवादी दल हो । हामीले नेपालको पहिचान हिन्दुराष्ट्र हुनुपर्ने, नेपालमा संविधानभित्रको राजसंस्था कायम हुनुपर्ने तथा राज्यको शक्ति तल्लो राजनीतिक इकाइसम्म हस्तान्तरण हुनुपर्ने एजेन्डा आत्मसाथ गरेका छाैं ।

३) हामी लम्पसारवादलाई स्विकार गर्दैनौ । जातियता र क्षेत्रवादमा विश्वास राख्दैनौं । हामी कुनै पनि धर्मको अनादार गर्दैनौं । बरु सवैको सम्मान गर्छौँ तर आफ्नो धर्म र संस्कृतिमाथिको प्रहारलाई कदापी स्विकार गर्दैनाैं ।

४) हामी भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष गर्नेछौं । नेपाली समाजमा पछाडि परेका÷पारिएका सवैको स्वाभिमान र सम्मान कायम गर्दै देशको उन्नती र प्रगतिमा समानुपातिक र समावेशी सिद्धान्त वमोजिम अगाडि वढन प्रतिवद्ध छौं । मेचीदेखि माहाकाली हिमाल–पहाड, तराइ–मधेस सवै क्षेत्रका नेपालीहरुको हित, प्रजातान्त्रिक अधिकार तथा न्याय र समानताको उज्यालो मसाल बोकेर अगाडि वढन प्रतिवद्ध छौं ।

५) हामी हाम्रो संस्कृति र सभ्यतामा निहित समतामुलक, मानवतावादी परम्परा र एक्काइसौं सताव्दी अनुकूल विज्ञान, प्रविधि, पुँजी र श्रमको समायोजनमा निहित निरन्तरतासहितको गतिशीलताको दृष्टिकोणलाई आत्मसाथ गरेर नेपाल राष्ट्रलाई विश्वमा उज्यालो ताराको रुपमा खडा गर्न प्रण गरौं ।

६) राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरिका लाखौं युवाहरुको राजनैतिक आस्था र भविश्यप्रतिको सुरक्षा र विश्वास बोकेको छ । यो यथार्थतालाई मननन् गरेर युवासाथिहरुलाई पार्टीभित्र सजग र सक्रिय गराउदँै विभिन्न तहका नेतृत्वमा प्रोत्साहन र स्थापित गराउन मेरो निरन्तर प्रयास रहने छ ।

७) भविष्यमा हामीले यो देशको नवजागरण र नवनिर्माणमा ठुलो भुमिका खेल्न सक्नु पर्छ । यो चुनौतीलाई सम्झिएर पार्टीको संगठन विस्तार गर्दै पार्टीको माध्यमबाट राष्ट्र निर्माणको माहाअभियानमा एकतबद्ध भएर जुट्ने अठोट गरौं । यहि हाम्रो मातृभूमिप्रतिको समर्पण हुनेछ ।

८) अन्तमाः यो माहान दिनको अवसरमा पुनःएकपटक सवैमा राष्ट्रवादी अभिवादन व्यक्त गर्दछु ।

प्रतिक्रिया