अध्यादेशमार्फत बजेट स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस

नेपालखोज २०७८ जेठ १५ गते १२:४८

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

शनिबार (आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेशमार्फत स्वीकृतको सिफारिस गरेको जनाइएको छ । सरकारले आजै करीब १६ खर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने छन् । प्रतिनिधिसभा विघटन भएपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया