सरकारद्वारा गरिबी निवारण कोष खारेजकाे घाेषणा
नेपालखोज
२०७८ जेठ १५ गते १७:३०

काठमाडाैं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने जनाएकाे छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोष खारेज भएको जानकारी गराएका हुन् ।
यस कोषअन्तर्गत रहेका सामुदायिक संस्थाहरूलाई सहकारीकरण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए । गरिब परिचय पत्र बनाइ गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको अर्थ मन्त्री पौडेलले जानकारी उल्लेख गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया