पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब रुपैयाँ बजेट विनियोजन
नेपालखोज
२०७८ जेठ १५ गते १८:२६

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
यस्तै, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ३ करोड विनियोजन गरिएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया