गरिवी निवारण कोष खारेज

नेपालखोज २०७८ जेठ १५ गते १८:३३

काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक बर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको बताए ।

उनले कोष अन्र्तगत भएका संस्थालाई सहकारी बनाईने पनि बताए । कोष मातहत रहेको १९ अर्ब रुपैयाको कोषर्ला सहकारीकै सुरुआती पुँजीमा रुपान्तरण गर्ने पनि उहाँले जानकारी दिए । उनले सरकारले सहकारी तथा गरिवी निवारणका लागि उद्यमशिलता कार्यक्रमलगायतका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

गरिब परिचयपत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरु ल्याईने पनि उनले बताए । सहकारी र गरिबी निवारण कार्यक्रमका लागि ८ अर्ब २१ करोड रुपैया विनियोजन गरिएको छ ।

प्रतिक्रिया