युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन
नेपालखोज
२०७८ जेठ १५ गते १८:५१

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएकाे छ । युवा तथा साना व्यवसायी रोजगारमार्फत कर्जा दिएर थप १२ हजार जना युवालाई रोजगार दिइने भएको छ । राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी बनाइने भएको छ ।
यस्तै सबै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गरिने भएको छ । आउँदो वर्ष १३ हजार विद्यालयमा नेपाल स्काउट विस्तार गरिने पनि बजेटमा उल्लेख छ ।
देशमा विभिन्न ठाउँमा रङ्गशाला बनाउन बजेट विनियोजन भएको छ । एक सय ६८ पालिकामा खेल ग्राम स्थापना गर्न पनि बजेट छुट्याइएकाे छ ।
खेलबाट सन्यास लिएका खेलाडीलाई व्यवसाय गर्न सहुलियत ब्याजमा कर्जा दिइने बजेटमा उल्लेख छ । आउँदो वर्ष नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया