बुधबार, असार ११, २०८२

कतार एयरवेजद्वारा अमेरिकी नेटवर्क विस्तार, साप्ताहिक उडान संख्या पनि वृद्धि

नेपालखोज २०७८ जेठ १५ गते १९:०५


काठमाडौं । कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना चार साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरूवात गर्दैछ । जसले उक्त नेटवर्कमा हवाई गन्तव्य संख्या १२ पुुग्नेछ, कोभिड-१९ महामारी अघिको संख्या भन्दा दुई बढी हुुने छ ।

एयरलाइन्सले बोस्टन, मियामी, न्यूूयोर्क, फिलेडेल्फिया, स्यानफ्रान्सिस्को र सिएटलमा सेवा बढाउँदै संयुक्त राज्य अमेरिकाभरि ८५ भन्दा बढी उडानका साथ यात्रुहरूको लागि अधिक सहजयात्रा विकल्पहरू प्रदान गर्दैछ ।

यस वृद्धि भएका सेवाहरूले केप टाउन, मालदिभ्स, सिचेल्स र जान्जीबार, र अफ्रिका, एशिया र मध्य पूर्वमा अन्य प्रमुख लोकप्रिय स्थलहरूलाई पनि जोड्दै थप सुविधा प्रदान गर्नेछ ।

प्रतिक्रिया