थाइल्याण्डले सहयोग गरेको स्वास्थ्य सामाग्री भोलि नेपाल आउँदै

नेपालखोज २०७८ जेठ १५ गते २०:०९

काठमाडौं । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न थाइल्याण्ड सरकारले नेपाललाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । थाइल्याण्डले सहयोग गरेको ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटरसहित १० किसिमका स्वास्थ्य सामाग्री भोलि नेपाल आइपुग्ने भएको छ ।

थाइल्याण्ड सरकारले विमान चार्ट गरी ती सामाग्री ल्याउन लागिएको हो । बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने सामाग्री थाइल्याण्डका राजदुतले हतान्तरण गर्ने कार्यक्रम रहेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल आउन लागेको उक्त समाग्री लिन नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठ विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।

नेपालमा कोभिडको दोस्रो भेरियन्टको संक्रमण अत्यधिक बढ्दै गइरहका समयमा अक्सीजनलगायत स्वास्थ्य उपचारका सामग्रीहरुको अभाव भए पछि दातृ निकायहरुलाई सहयोगको अपिल गरिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य सामाग्री सहयोगको अपिल गर्दै थाई नरेशलाई नेपाली राजदुतावासमार्फत पत्र पठाएकी थिइन् । सोही पत्रको र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको सुचीको आधारमा थाइल्याण्ड सरकारले नेपाललाई स्वाथ्य समाग्री उपलब्ध गराएको हो ।

प्रतिक्रिया