बजेटबारे छलफल गर्न विपक्षी दल जुटे
नेपालखोज
२०७८ जेठ १६ गते १०:५२

काठमाडौं । सरकारले ल्याएको बजेट र प्रतिनिधिसभा विघटनको मुद्दाबारे आगामी रणनीति तय विपक्षी गठबन्धन छलफलमा जुटेको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका नेताहरु बैठकमा सहभागि छन् ।
कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्र बहादुर कार्की बैठकमा सहभागी छन् । नेकपा एमालेको नेपाल समूहबाट वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलको सहभागिता रहेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्ण बहादुर महरा र देव गुरुङ छन् । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी रहेको जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया