साउदी अरबले अमेरिकासहित ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटायाे
नेपालखोज
२०७८ जेठ १६ गते ११:५३

काठमाडाैं । साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएकोमा ११ वटालाई फुकुवा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो ।
प्रतिबन्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्वीट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया