‘प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत बजेट ल्याउनु संविधान उल्लंघन’

नेपालखोज २०७८ जेठ १६ गते १२:५३

काठमाण्डाै – विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको खनाल-नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलले अध्यादेशमार्फत ल्याइएको बजेट असंवैधानिक रहेको निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया