खोप उपलब्ध गराइदिन रुसका समकक्षीलाई राष्ट्रपति भण्डारीकाे पत्र

नेपालखोज २०७८ जेठ १६ गते १४:१५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिनेबारे रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई पनि पत्र पठाएकी छन् ।

रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीले रुसी समकक्षी पुटिनलाई पत्र पठाएकी हुन् ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

प्रतिक्रिया