मंगलबार, असार २४, २०८२

सचिव पुडासैनी भन्छन्- कर छुट कार्यक्रमले लगानी बढाउने विश्वास लिगेका छाैं

नेपालखोज २०७८ जेठ १६ गते १६:५७

काठमाडौं । अर्थमन्त्रालयका सचिव रामशरण पुडासैनीले कोभिड-१९ संक्रमणको माहामारीबाट प्रभावित भएको अर्थतन्त्राई पुनरुत्थान गर्नका लागि सरकारले केही सामान र क्षेत्रमा कर छुट दिएको स्पष्ट पारेका छन् ।

आगामी आर्थिक बर्ष २०७८ /०७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सचिव पुडासैनीले सरकारले अघि सारेको कर छुट कार्यक्रमले लगानी बढाउने, नयाँ उद्योग स्थापना हुने, औद्योगिक क्षेत्र फस्टाउने र अन्तत त्यसले राजश्व पनि बढाउने विश्वास आफुहरुले लिएको बताएका हुन् ।

कुल बजेटको ६२ प्रतिशत भन्दा बढी राजश्वबाट नै परिपुर्ति गरिने भएकाले चालु आयोजनालाई निरन्तरता दिनका लागि र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि त्यसो गरिएको उनले स्पष्ट पारे ।

उनले उत्पादनमुलक उद्योग, साना करदाता, निर्यातमुलक उद्योग र स्वास्थ्य उपचार सम्बन्धी सामानमा सरकारले भन्सार कर छुट दिएको स्पष्ट पार्नुभयो ।

त्यसैगरी आयात तर्फ औद्योगिक कच्चा पदार्थ, औषधी र घरायसी सामानमा छुट दिएको तथा नयाँ कर सुरु नगरिएको र भएका करका दरहरुको सामान्य समायोजन मात्रै गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया