भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य घट्दै
नेपालखोज
२०७८ जेठ १६ गते २०:१०

मुम्बई । भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा उल्लेख्य मात्रामा कमी आउन थालेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २० लाख ६३ हजार ८ सय ३९ नमूना परीक्षण गर्दा एक लाख ६५ हजार ५ सय ५३ संक्रमित फेला परेको जनाएको छ ।
२४ घण्टामा थपिएका संक्रमित को यो संख्या पछिल्लो ४६ दिन यताकै सबैभन्दा कम हो । यसबीचमा ३ हजार ४ सय ६० जना संक्रमितले ज्यान गुमाएका त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।
भारतमा हालसम्म २१ करोड २० लाख ब्यक्तिले कोरोनाविरुद्धको खोप लगाइसकेका जनाइएको छ । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३० लाख ३५ हजार ब्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया