कोरोनाको ८ लाख डोज खोप लिन नेपाली जहाज आज चीन जाने
नेपालखोज
२०७८ जेठ १७ गते ८:१९

काठमाडौं । चीन सरकारले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।
केहिदिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सी चिनपिङले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । त्यहिमध्येको ८ लाख डोज खोप ल्याउन वायुसेवा निगमका चार्टर्ड विमान आज राति ११ बजे बेइजिङ प्रस्थान गर्न लागेको हो ।
बेइजिङबाट भ्याक्सिन लिएर यो विमान भोली बिहान १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका छ ।
सम्बन्धित

प्रतिक्रिया