एमाले स्थायी कमिटी बैठक फेरि सारियो
नेपालखोज
२०७८ जेठ १७ गते ९:२३

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक फेरि सरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने गरी सारिएको हो ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए ।
यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया