भारतमा कोभिडको नक्कली औषधि बेच्ने ३५० जना पक्राउ
नेपालखोज
२०७८ जेठ १७ गते ११:२४

काठमाडौं । भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सय ५० जना पक्राउ गरिएको प्रहरीले बताएका बीबीसीले जनाएको छ ।
ती घटना मानवता विरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ।
सयौं घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो । प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले बीबीसीलाई यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताए ।
सम्बन्धित
प्रतिक्रिया