लुम्बिनी प्रदेशसभाद्वारा आठौं अधिवेशन आह्वान

नेपालखोज २०७८ जेठ १७ गते ११:५७

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेस गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको हो ।

पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया