स्पष्टीकरण चित्तबुझ्दो नभएकाे भन्दै ६ जना मन्त्रीलाई पार्टीबाट निष्कासनका लागि सिफारिस

नेपालखोज २०७८ जेठ १७ गते १४:११

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्न एमाले प्रदेश कमिटीले सिफरिस गरेको छ ।

कारवाहीका लागि भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामी नाम सिफारिस गरिएको हो ।

गत सोमबार भएको एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया