सोमबार, असार २३, २०८२

कांग्रेस नेता रिजालकाे दाबी : बजेटमा जनमत प्रभावित गर्ने दुराशय

नेपालखोज २०७८ जेठ १७ गते १६:४१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरु जनमत प्रभावित गर्ने दुरासय युक्त रहेको निष्कर्ष निकालेको छ ।

कोभिड महामारीले अर्थतन्त्र र जनजीविका नराम्रोसँग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रीत भएर जनमत प्रभावित गर्ने दुरासयका साथ सोही ढंगका योजना र कार्यक्रम बजेट वक्तव्यमा समावेश गरेको ठहर कांग्रेसले गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका छायाँ अर्थमन्त्री समेत रहेका नेता डाक्टर मिनेन्द्र प्रसाद रिजालले ०७८/७९ को बजेट वक्तव्यमा भ्रमको खेति गरि जनमत प्रभावित गर्ने सरकारी दुराशय युक्त रहेको बताए ।

कोरोनाको पहिलो लहरले १२ लाख नेपालीलाई वेरोजगार बनाएको र दोश्रो लहरले थप वेरोजगारी बढाएको, खोपको सुनिश्चितता गर्न नसक्दा अपेक्षा गरिए अनुसार राजश्व संकलन, पुँजीगत खर्च लगायतका बजेटमा गरिएको आम्दानीका अन्य लक्ष्यहरु पुरा हुन नसक्ने ठहर कांग्रेसले गरेको छ । त्यसैगरी अर्थतन्त्र सिमान्त मात्रै विस्तार हुने भन्दै सरकारले आकलन गरेको साढे ६ प्रतिशत पुग्न नसक्ने दाबी पनि कांग्रेसको छ ।
कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंबैधानिक कदममाथि परेको मुद्दा सर्वोच्चमा परीक्षण भइरहेको अवस्थामा सरकारले संसद छलेर बजेट ल्याउन नसक्ने दाबी पनि गरेको छ ।

पत्रकार सम्मेलनमा छाँयामन्त्री डाक्टर रिजालले अघिल्लो बर्ष माघ १४ गते प्रधानमन्त्रीले ३ महिनाभित्र सम्पुर्ण नेपालीलाई खोप उपलब्ध गराइ सक्ने प्रतिवद्धता जारी गरेको स्मरण गराउदै अहिले सम्म २ लाख ३२ हजार नागरिकले मात्रै दुवै डोज लगाउन पाएको तथ्यांक प्रस्तुत गरे ।

उनले खोपको पहिलो डोज लगाउनेहरुका लागि दोश्रो डोजको सुनिश्चितता गर्न पनि सरकार असफल भएको टिप्पणी गर्नुभयो ।
विघटित प्रतिनिधिसभा पुर्नस्थापनाका सम्बन्धमा संञ्चारकर्मीको जिज्ञासामा डाक्टर रिजाले न्यायलयप्रति आफुहरुको भरोसा रहेकाले अदालतले उचित निर्णय गर्नेमा विश्वस्त रहेको भन्दै संविधान, न्याय र जनताको पक्षमा निर्णय हुने दाबी गरे ।

प्रतिक्रिया