काठमाडौंकी ९३ वर्षीया सुशीला भुजेलले जितिन् कोरोना

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षीया सुशीला भुजेलले कोरोना जितेर घर फर्किएकी छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि भुजेल ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् । २४ दिनपछि आइतबार परीक्षण गर्दा भुजेलको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन् । कोरोना संक्रमणका कारण आफुलाई कुनै ठुलो समस्या नदेखिएको उनले बताइन् ।
उनले भनिन् – ‘यहाँ आएदेखि बाट केही भएको छैन । खाने, बस्ने, सुत्ने । डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ । दुख्ने, पोल्ने घटीबढी केही छैन्।’
युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए ।

प्रतिक्रिया