कोरोना संक्रमण निको भइसके पछि, के भ्याक्सिनको एक डोज पनि प्रयाप्त छ ?

नेपालखोज २०७८ जेठ १७ गते २१:०३
तस्बिर : बीबीसी हिन्दी

दिल्ली । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा आइरहेका विभिन्न अफवाहका बीच यदि यस्तो खबर आउँछ, जसमा सिंगल डोजले पनि काम चल्ने कुरा होस्, तब अवश्य पनि सबै मानिस ध्यानसँग अनि इच्छाका साथ त्यसलाई पढ्छन् । त्यस्तै एउटा खबर भारतको उत्तर प्रदेशको वाराणसीमा आएको छ ।

उत्तर प्रदेशको बनारस हिन्दू विश्वविद्यालयका प्राध्यापकहरुले एउटा अनुसन्धानमा कोरोना संक्रमण निको भइसकेका मानिसमा भ्याक्सिनको एक डोज नै प्रयाप्त रहेको बताएका छन् ।

आफूले गरेको अनुसन्धानका बारेमा बीएचयूका प्राध्यापकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्र पठाएका छन् । उनिहरुले आफ्नो अनुसन्धानको नतिजाको आधारमा जो व्यक्ति कोरोना संक्रमणबाट निको भइसकेका छन्, उनिहरुलाई भ्याक्सिनको एक मात्रै डोज लगाउन सुझाव दिएका छन् ।

यसो गर्नाले २ करोड डोज भ्याक्सिन बचाउन सकिने उनिहरुको भनाइ छ । भारतमा हालसम्म कोेरोना संक्रमण मुक्त हुनेको संख्या २ करोड भन्दा बढी छन् । भारतमा भ्याक्सिनका बारेमा आइरहेका विभिन्न भ्रमका बीच आएको यस खबरले धेरै मानिसको ध्यान आकर्षित गरेको छ ।

प्रतिक्रिया