भारतमा जुलाईदेखि अगस्तसम्म दैनिक एक करोडलाई खोप लगाउने लक्ष्य

नेपालखोज २०७८ जेठ १८ गते ९:५२

काठमाडौं । भारतको केन्द्र सररकारको योजनाअनुसार जुलाईको मध्यदेखि अगष्टसम्म देशभर कोरोनाविरुद्धको खोपको सप्लाइ वढ्ने भएको छ । त्यसपछि प्रतिदिन एक करोड जनालाई दैनिक खोप लगाउन सकिने छ ।

कोभिड १९ भ्याक्सिन अभियान टास्क फोर्सका अध्यक्ष डा. एनके अरोडाले भनेका छन् अगष्टसम्म देशमै उत्पादन गरिएको (मेड इन इण्डिया) करिब २५ करोड खोप उपलब्ध भइसक्ने छ ।

डा. अरोडाले भने, ‘सीरम इन्स्टिट्युड अफ इण्डियाले एक चिठिमा भनेको छ, जुनको अन्तिमपछि १०–१२ करोड भ्याक्सिन बन्नेछ ।
यसबाहेक विदेशी खोप स्पुतनिक, फाइजर र मार्डना पनि उपलब्ध हुन सक्नेछ ।

अहिले भारतमा हरेक महिना कोभिसिल्ड र कोभ्याक्स गरी ७ देखि साढे ७ करोड भ्याक्सिन उपलब्ध हुन्छ ।

डा. अरोडाले भनेका छन् कि अगष्टपछि हामीसँग हरेक महिना २०–२५ करोड डोज खोप उपलब्ध हुनेछ । हाम्रो लक्ष्य हुनेछ कि हरेक महिना एक करोड मानिसलाई खोप लगाउन सकियोस् ।’

त्यतिबेलासम्म यो पनि पत्ता लगाइने छ कि एउटा कम्पनीको खोप लगाएका मानिसलाई दोस्रो डोज खोप अर्को कम्पनीको लगाउँदा के हुन्छ?
भारतमा खोप अभियान सुरु भएको कति महिना भइसकेको छ । तर देशमा सबैलाई खोप लगाउन नसकेको भन्दै सरकारको आलोचना पनि भइरहेको छ ।

अहिले भारतमा हरेक महिना कोभिशिल्ड र कोभ्याक्स गरी ७ देखि साढे ७ करोड डोज भ्याक्सिन बन्ने गरेको छ ।

प्रतिक्रिया