प्रदेश दुईलाई नौ थान दमकल हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.ली.द्वारा प्रवद्र्धित अशोक लेलन्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ ।
प्रदेश नं.२ को माग अनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको बताएको छ । मन्त्रालयका पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले नौ थान दमकल हस्तान्तरण गरेका हुुन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए ।
कुसवाहाले चालू आवको बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए । अशोक लेलैण्ड को १६१६ आई एलमोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज ‘शीबौरा कम्पनीको’ पम्प प्रयोग गरिएको छ जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ ।
यस दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षतीहुन बाट रोक्न सकिन्छ ।
कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ ।
केहीमहिना अगाडि अशोक लेलन्डको दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्व को उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप-महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौं को चन्द्रागिरी नगरपालिका साथै नेपाल आयल निगम लिमिटेडलाई हस्तान्तरण गरिएको थापाले बताए ।
दमकलको कार्य क्षमता, यसमा रहेका अत्याधुनीक उपकरण, साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया