जसपा अध्यक्ष उपेन्द्र यादवले बाेलाए कार्यकारिणी समितिको बैठक
नेपालखोज
२०७८ जेठ १८ गते १३:३६

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । उनले काठमाडौँमा उपलब्ध कार्यकारिणी समितिले आजको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेतालाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएकाे छ ।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका छन्।
सम्बन्धित

प्रतिक्रिया