एमालेले रोक्यो १२ नेताको कारबाही प्रक्रिया

नेपालखोज २०७८ जेठ १८ गते १५:०१

काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण सोधिएका १२ जनाको कारबाही तत्काल रोकेको छ । पार्टीको आन्तरिक एकताका लागि प्रयास जारी रहेको भन्दै आज बसेको स्थायी कमिटीको बैठकले कारबाही प्रक्रिया अघि नबढाएको हो ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक सकिएपछि परराष्ट्रमन्त्ती प्रदीप ज्ञवालीले पार्टी नेतृत्वले एकताका लागि अन्तिम अवस्थासम्म पनि प्रयास जारी राख्ने निष्कर्षमा पुगिएको जानकारी दिए । हिजो बेलुकी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालनिकट नेताहरुबीच पार्टी एक गराउने विषयमा लामै छलफल भएपछि कारबाही रोकिएको बुझिएको छ । तर यसअघि पार्टी एकताका लागि गठित कार्यदलको अस्तित्व नरहेको प्रवक्ता ज्ञवालीले बताए ।

साथै आजको बैठकमा लुम्बिनीमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालेको छ । त्यस्तै कोभिडविरुद्ध सरकारले गरेको प्रयासको नतिजा आउन थालेको र कोरोना रोकथाम नियन्त्रणमा अझै पहल जारी राख्नेबारेमा पनि कुराकानी भएको छ ।

यस्तै अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटबारेमा पनि छलफल भएको छ । सर्वोच्च अदालतमा विचाराधिन रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा जे जस्ता दबाब र अस्वस्थ गतिविधि भइरहेका छन् अथवा आफूले भनेकै न्यायाधीश चाहिन्छ र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने कुराले स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल नखाने ठहर गरेको छ ।

प्रतिक्रिया