मंगलबार, वैशाख ३०, २०८२

लागु औषधसहित पक्राउ परेका अनुप श्रेष्ठ निलम्बित

नेपालखोज २०७८ जेठ १८ गते १५:४३

काठमाडाैं । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले लागुऔषधसहित पक्राउ परेका सदस्य अनुप श्रेष्ठलाई निलम्बन गरेको छ । जावलाखेलले एक विज्ञप्ती केन्द्रिय सदस्य अनुपलाई सदस्य पदबाट निलम्बन गरिएको जनाएको छ ।

जावलाखेल भलिबल टिममा म्यानेजर समेत रहेका अनुपलाई लागुऔषधसहित पक्राउ गरि हिजो प्रहरीले सार्वजनिक गरेको थियो । अनुपलाई ५० ग्राम लागुऔषध (एम मेथावाईन) सहित प्रहरीले रंगे हात पक्राउ गरेको थियो ।

प्रहरीले अनुपको कोठाबाठ ५० ग्राम अवैध लागुऔषधसहित डिजिटल तराजु, अन्य केही लागुऔषध र ५० हजार रुपैयाँ बरामद गरेको जनाएको थियो ।

प्रतिक्रिया