परिवारले पनि पुष्टि गर्‍यो उज्ज्वल थापाको मृत्यु, विवेकशीलका अध्यक्ष मिलन पाण्डे भन्छन्- उहाँ रहनुभएन

नेपालखोज २०७८ जेठ १८ गते १७:२२

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक उज्ज्वलबहादुर थापाको मृत्यु भएको उनको परिवारले नै पुष्टि गरेको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पनि फेसबुकमार्फत ४४ वर्षीय उज्ज्वल थापाको मृत्युको पुष्टि गरेका छन् ।

कोरोना संक्रमणका कारण अवस्था सिकिस्त बनेपछि केही दिनअघि उनलाई काठमाडौंको मेडिसिटी हस्पिटल लगिएको थियो । यसबीचमा उनको स्वास्थ्यअवस्थामा सुधार आउन सकेको थिएन ।

यसैबीच विवेकशील साझा पार्टीका संयोजक पाण्डेले थापाको निधनप्रति श्रघाञ्जली व्यक्त गरेका छन् । सामाजिक सन्जाल फेसबुकमार्फत उनले ‘उज्ज्वल थापा हामीबीच रहनुभएन !’ लेखेका छन् । ‘हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजुरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्ज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ जेठ १८ गते) हामीबीच रहनु भएन । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !’

अन्तिमपटक गरिएको कोरोना भाइरस परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । तर पनि अहिले संक्रामक रोगको समयमा उनको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन आग्रह गरिएको छ ।

No description available.

विवेकशीलका नेता उज्ज्वल थापाको निधन

प्रतिक्रिया