सोमबार, असार २३, २०८२

तीन देशका लागि हवाई उडान खुला

नेपालखोज २०७८ जेठ १८ गते २०:४२

काठमाडौं । आजदेखि तीन देशका लागि हवाई उडान खुला भएको छ । जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आजदेखि लागु हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो ।

यस्तै, भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने भएको छ । जसअनुसार अब हरेक साता पाँचवटा नियमित उडान हुनेछन् । चीन, टर्की र कतारका लागि सातामा १-१ तथा भारतका लागि सातामा दुईवटा उडान हुनेछन् । नेपाल एयरलाइन्सले सातामा दुईवटा नियमित उडान भर्ने भएको छ ।

नेपाल एयरलाइन्सले हरेक साताको सोमबार काठमाडौं-दोहा-कतार-काठमाडौं र बुधबार काठमाडौं-दिल्ली-काठमाडौं उडान भर्नेछ ।

यस्तै, टर्किस एयरलाइन्सले हरेक बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान भर्नेछ । कतार एयरवेजले हरेक साताको सोमबार दोहा-काठमाडौं-दोहा उडान भर्नेछ । एयर इन्डियाले हरेक साताको शुक्रबार दिल्ली-काठमाडौं-दिल्ली उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिए पछि सरकारले वैशाख तेस्रो सातादेखि हवाई उडानहरु रोकेको थियो ।

प्रतिक्रिया