उपत्यकामा ३१ गतेसम्म थपियो निषेधाज्ञा, भोलिबाट खाद्यान्न पसल खोल्न पाइने
नेपालखोज
२०७८ जेठ १९ गते १४:२५

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार र बुधबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले निर्माण क्षेत्र लगायत केही क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको नेपालखाेजलाई जानकारी दिए । उनले निर्माण क्षेत्रले रातकाे समयमा सामग्री ल्याउन र दिउँसाे सिमित कामदार राखेर काम गर्न पाइने बताए ।
‘उनले भने,‘अहिले बन्द रहेका खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोरहरू जेठ २१ गतेदेखि बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ।’




सम्बन्धित

प्रतिक्रिया