चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुट्ने चारजना पक्राउ

नेपालखोज २०७८ जेठ १९ गते १५:२७


काठमाडौं । चोरीको स्कुटर प्रयोग गरी मोबाईल लुटपाट गर्ने चार जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यही जेठ १७ गते साँझको समयमा काठमाडाैंको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ स्थित निलो पुलबाट यस महानगरीय प्रहरी बृत्त महाराजगंजको वडा एरिया तथा काठमाडौंको विभिन्न ठाउँहरुमा विभिन्न मिति र समयमा बा ८३ प ३४३६ नं को चोरीको स्कुटर प्रयोग गरी मोबाईल लुटपाट गर्दै फरार भइरहेको व्यक्तिहरुलाई महाराजगंज बृत्तबाट खटिएका प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चोरीमा प्रयोग भएको स्कुटर र लुटपाट गरेको विभिन्न कम्पनिका ११ थान मोबाईल सहित पक्राउ गरि वृत्त महाराजगंजबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भईरहेको परिसरले जनाएको छ ।

परिसरका अनुसार पक्राउ पर्नेहरुमा ओखलढुङ्गको सिद्धिचरण न.पा वडा नं १० घर भई हाल काठमाडाैंको बौद्ध बस्ने २४ बर्षिय सोभित श्रेष्ठ, धादिङ गजुरी नगरपालिकापा वडा नं ७ घर भई हाल काठमाडौ बस्ने २१ बर्षिय करुण उप्रेती, काठमाडौंका १९ बर्षिय एलिन अधिकारी र मकवानपुर हेटौडा घर भई हाल काठमाडौको तारकेश्वर बस्ने ३५ बर्षिय राम परियार रहेका छन् ।

उनीहरुको साथबाट कालो रंगको महिन्द्राको स्कुुटर, सामसुङ मोवाईल दुई थान, रेडमी कम्पनीको मोवाईल दुुुई थान, आईफोन दुई थान, रियलमी मोवाईल दुई थान, नोकिया कम्पनीको मोवाईल दुई थान, भिभो कम्पनीको मोवाईल एक थान र हुवाए कम्पनीको मोवाईल एक थान बरामद गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

प्रतिक्रिया