बेल्जियमका राजदूत राजभण्डारीलाई लक्जेमवर्गको जिम्मेवारी थपियो
नेपालखोज
२०७८ जेठ १९ गते १७:१७
काठमाडौं । बेल्जियमका लागि नेपालको आवासीय राजदूत रहेका गेहेन्द्र राजभण्डारीलाई लक्जेमवर्गका लागिसमेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित

प्रतिक्रिया