निर्वाचन आयोगद्वारा ठाकुर र यादवलाई कारबाही गरिएकोबारे प्रक्रिया पुर्‍याउन आग्रह

नेपालखोज २०७८ जेठ १९ गते १८:११

काठमाडाैंं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक-अर्कालाई किन कारबाही गरिएको हाे त्याेबारे प्रक्रिया पुर्‍याउन आग्रह गरेको छ ।

दुवै अध्यक्षले मङ्गलवार (हिजाे) एक-अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । तर निर्वाचन आयोगले भने कारबाही गर्नुपर्ने आधार र कारबाही गर्नका लागि चाहिने पदाधिकारी तथा केन्द्रीय सदस्यको हस्ताक्षर तथा ढाँचा नमिलेको भन्दै पुष्टि हुने कागजात पठाउन पत्र पठाएको हो ।

प्रतिक्रिया