ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन कांग्रेसको चेतावनी

नेपालखोज २०७८ जेठ १९ गते १९:४५

काठमाडौं । नेपाली कांग्रेसले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति जारी गर्दै हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको देशका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।

चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको कांग्रेसको ठहर छ ।

प्रतिक्रिया