एमालेले भन्यो- नेपाल-खनाल समूहले बोलाएको बैठक अनधिकृत

काठमाडौं । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको अर्को समूह (माधव नेपाल-झलनाथ खनाल) ले बोलाएको बैठकमा नजान पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाल-खनाल समूहले आज बिहान ११ आफ्नो पक्षका केन्द्रीय कमिटीका सदस्यसँग छलफल गर्ने भन्दै बैठक बोलाएपछि कार्यालय सचिव तामाङले विज्ञप्तिमार्फत यस्तो अपिल गरेका हुन् ।
‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने पार्टीको वैधानिक व्यवस्था रहेकामा पार्टीले कारबाही गरेका केही अनधिकृत व्यक्तिहरुले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सूचना आएको छ, त्यस्ता क्रियाकलापको निन्दा र भर्त्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
‘पार्टी केन्द्रीय सदस्यहरुलाई पार्टीको विधान र मुलुकको कानुनविपरीतका क्रियाकलापमा सहभागी नहुन आग्रह गर्दछु,’ तामाङले विज्ञप्तिमार्फत भनेका छन् ।
हेर्नुुहोस् विज्ञप्ति

यसअघि हिजो दिउँसो ४ बजेका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक सोहि समयमा आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा बस्ने छ । गत मंगलबारको बैठकले एकताका लागि अतिकतम पहल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया